Saturday, March 28, 2020

सामजिक संजाल र कोरोना भाइस

साथिले नौ बर्ष अगाडिको पुरानो फोटोमा एउटा रेडिमेड कमेन्ट टाँसिदियो। नोटिफिकेसन आउने बित्तिकै मैले खोलेर हेरेँ। उसको लामो कमेन्टको सुरुका केहि सब्द पढ्ने बित्तिकै मैले त्यस कमेन्टको सार बुझीहालेँ। पढ्न छोडेर "हाहा" रियाक्ट गर्नै लाग्दा मेरो नजर केहि माथी रहेको पुरानो कमेन्टमा पर्यो। त्यो कमेन्ट संगिताले गरेकी थिइ। उसले कमेन्टमा "बाँदर" लेखेर संगै पानको पात टाँसेकी थिइ।
मेरो मन अनि मस्तिष्कमा अचानक अनौठो तरंग फैलियो। मुटुको गती तेज भएर आयो। मेरो औँला उसको नाममा गएर रोकियो। जुन नामको पछाडी अहिले दुइओटा थर झुन्डिएका थिए। उसको प्रोफाइल खुल्यो। मैले प्रोफाइल पिक्चरम क्लिक गरेँ। प्रोफाइल फोटोको साटो स्टोरी खुल्यो। स्टोरीमा लगभग एकबर्षको बच्चा हाँसीरहेको थियो। त्यही फोटोको तलतिर अंग्रेजिमा लेखिएको थियो "मेरो प्यारो छोरो 'सानिध्य' लाइ जन्मदिनको शुभकामना।"
उसको छोराको नाम देखेर मेरो मस्तिष्क पुरानै दिनमा फर्कियो। उसले एकदिन मेरो अगांलोमा टाँसिएर लाडे स्वर बनाउदै भनेकी थिइ "बुढा, पछि हाम्रो बच्चा भएपछि के नाम राख्ने?"
मैले हांस्दै भनेको थिएँ "पहिले हाम्रो बिहे त हुन देउन काली, अनि सोचौँला नि।"
उसले जिद्दी गर्दै भनेकि थिइ "भन्नुन अहिले नै, राम्रो नाम सोच्नु न प्लिज।
उसको बचपनाको अगाडि हार मान्नु सिवाय अरु उपाय थिएन म संग ।
केहीबेर सोचेर मैले उसलाइ भनेको थिएँ "छोरा भए "सानीध्य" अनि छोरी भए "सन्ध्या" राखौंला है ?"
यति सुनेपछी ऊ मेरो अनुहारमा हेरेर लजाए झैँ मुस्कुराउँदै जोडले टाँसिएकी थिइ मेरो अंगालोमा।

पुराना दिन सम्झिएर मेरा आँखा रसिला भएर आए। मैले उसको छोराको तस्बिर मधुरो देख्न थालेँ। त्यतिनै बेला पलङ छेउमा छोरो आएर तोते बोलिमा बोल्यो "बाबा! माम कान आनु अले।"
छोराको बोली सुनेपछी हतारमा एउटा हातले आँखा मिच्दै म छोरा तिर फर्किएँ अनि उसलाइ पकडेर उठाउँदै बोलेँ "अनि मेरो बाँदरले चाहिँ माम खायो?"
"म बाँदल हैन।" उसले लगत्तै जवाफ फर्कायो।
"अनि को हो त तिमि?" मैले उसको नाक समाउँदै सोधेँ।
"म चानिध्य बत्नेत हो।" उसले हाँस्दै बोल्यो।
म केहि नबोली उसलाइ हेरेर मुस्कुराइ मात्र रहेँ।

Tuesday, April 2, 2019

प्रेम कविता

म त तिम्रो जिन्दगी
खुसि नै खुसि ले सजाउन आएको थिए।
तिम्रो कसम तिमी लाई आफ्नो बनाउन आएको थिए
के कुराको सजाय दियौं तिमी ले
म त तिम्रो हरेक पिडा पनि आफ्नो बनाउन आएको थिए।।

Wednesday, February 20, 2019

Dedicated To Her

थाहा छैन किन आजकल उनी बदलिएकी छिन ।
सधै मलाई छोड्छु भनि भनी बसेकी छिन ।।
थाहा छ कति धेेरै मा गर्छिन् उनी ।।।
तर खै किन हो टाढा भाग्छिन उनी।।।।

तड्पीएर नरोएको कुनै रात हुन छाड्यो !
जब देखि उनि संग मिठो बात हुन छाड्यो !
ऐना हेर्दै आफ़ै संग प्रस्न गर्छु हिजो आज ।
मुहारमा मुस्कानको किन साथ हुन छाड्यो ?

Monday, December 31, 2018

लघु कथा


आमा बुबा र बहिनी मलाई घरमा छोडेर मामाघर टीका लगाउन गएको बेला संगिता हाम्रो घरमा आएकी थिइ। घरमा आइपुग्ने बित्तिकै उसले सोधेकी थिइ "ओए, आन्टी कता जानू भयो ?" मैले रुखो पाराले भनेको थिएँ "दशैँमा कहाँ जान्छन् ? टीका लगाउन जानू भयो नि।" उसले मुख बङ्याउदै भनेकी थिइ "तँ चाहिँ किन नगाको नि?" मैले उसै गरि भनेको थिएँ "जान मन नलागेर।" उसले मलाइ आँखा तर्दै भनेकी थिइ "राम्रो संग बोल्न नि हुँदैन है भेडे?" मैले केही जवाफ नदिइ चुपचाप बसेपछी केहिबेरमा उसले नै हाँस्दै भनेकी थिइ "ओए मलाइ टीका लगाइ दिँदैनस् ?" मैले उसलाइ आँखा तरेर हेर्दै भनेको थिएँ "तँ मेरि बहिनी होस् र टीका लगाइ दिनलाइ?" उसले मुस्कुराउदै भनेकी थिइ "बहिनिलाइ मात्र टीका लगाइ दिन्छन् त भेडे?" मैले मुख बिगार्दै भनेको थिएँ "अनि अरु कसलाइ लगाइ दिन्छन् त ?" उसले भुइँमा हेरेर अनौठो मुस्कुराउदै भनेकी थिइ "हाम्रो बाबाले मामुलाइ लगाइ दिनुहुन्छ त।" उसको यस्तो जवाफले मलाइ अफ्ठेरो महसुस भएको थियो। उसलाइ फर्काउन म संग कुनै जवाफ थिएन। मैले उसको अनुहारमा एक झलक हेरेको थिएँ। त्यति नै बेला उसका र मेरा नजर एकआपसमा जुधेका थिए। हामी दुबैले हतार हतार आफ्ना नजर अर्कातिर मोडेका थियौँ। त्यसपछि धेरबेर सम्म त्यहाँ अनौठो मौनता छाएको थियो। केहिबेर पछि कुर्सीबाट उठ्दै उसले बोलेकी थिइ "ल ल म जान्छु, मामाघर जानू छ। भोलि आउँछु आन्टीहरु आएपछी।" ऊ यति भन्दै त्यहाँबाट उठेर हिंडेकी थिइ। म नबोली कुर्सिमा नै बसेको थिएँ। ऊ आंगनको डिलमा पुगेपछी मैले बोलेको थिएँ "ओए च्याखुरी ?" उसले फर्किएर म पटि हेर्दै भनेकी थिइ "के भयो ?" मैले हाँस्दै भनेको थिएं "कुनैदिन मेरो दाहिने पटि बसेर टीका लगाउलिस्।" मेरो कुरा सुनेर उसको अनुहारमा लज्जा मिश्रीत मुस्कान छाएको थियो। उसले नजर झुकाउँदै सानो स्वरमा भनेकी थिइ "ल ल म जान्छु, ढिला भयो मलाइ।" यति भनेर ऊ सरासर उसको घरतिर हिँडेकी थिइ। म त्यहिँ कुर्सिमा बसेर उसलाइ हेर्दै मुस्कुराएको थिएँ। त्यो दशैँपछि अरु धेरैओटा दशैँ बिति सकेका छन्। र, अहिले फेरि एउटा नयाँ दशैँ चल्दैछ। आज दशमिको दिन, बेलुका पख घरको आँगनमा बसेको बेला बहिनिले एउटा सानो बच्चा डोहोर्याउदै आइपुगि।"हैन कसको बच्चा लिएर आइस् ?" मैले सोधीहालेँ। "पल्लाघर संगिता दिदिको छोरा, हेर्नुन कति प्यारो छ...... नमस्ते गर बाबू मामालाइ।" मलाइ देखाउंदै बहिनिले भनी। उसले कलिला हात जोडेर नमस्ते गर्दै तोते बोलिमा भन्यो "मामा! हजुल पनि मलाइ तिकि लगाइदिस्यो है?" म अनुहारमा नसुहाउँदो हांसो हाँस्दै एकहोरो उसलाइ हेरिरहेँ। #पुरानो विजया दशमीको शुभकामना सबैलाई 💕

लघु कथा


चुरोटको साह्रै तलतल लागेपछि पसले भाउजुकोमा पुगेँ। चुरोट सल्काउने बित्तिकै भनिहालेँ "अनि भाउजू मास्तिर स्कुलमा महिला दिवसको उपलक्ष्यमा कार्यक्रम हुंदैछ त, जानू भएन तपाइँ?" भाउजुले स्वर तानेर बोलिन् "आsss बाबू! पसल छोडेर के जानू भासण सुन्न।" मैले धुँवाको सर्को तान्दै बोलेँ "जानू पो पर्छ त भाउजू, तपाईंहरुकै हकहितका कुरा हुन्छन्।" भाउजुले फेरि उस्तै स्वरमा बोलिन् "खै बाबू! म त गइन पो। अनि त्याँ त्यस्ता काम लाग्ने के कुरा चाहिँ गर्छन् त बाबू?" मैले भाउजुलाइ सम्झाउँदै भनेँ "के कुरा हुनु भाउजू, पुरुषहरु सधैँ महिलाहरु भन्दा माथी भए। महिलाहरु पनि अब माथी उठ्न पर्छ, सधैँ तल परि राख्न हुँदैन। यस्तै कुरा त हुन् नी।" भाउजूले केही लजाए झैं गर्दै नजर झुकाइन् अनि बोलिन् "मलाइ त पुरुष माथी भएको नै मन पर्छ बाबू। लोग्ने मान्छे भन्दा माथी जान त साह्रै अफ्ठ्यारो लाग्छ। कहिँलेकाहीँ चाहिँ दाइले साह्रै कर गर्छन् र मात्रै।" भाउजुको जवाफले मलाइ निशब्द बनायो। म मुसुमुसु हाँस्दै चुरोट तानिरहेंं।

Monday, February 26, 2018

प्रेम र होली (होली विषेश)

उ जिस्किदै मेरो नजिक आउदै भनी "टीका मात्र लगाइ दिन्छु के।" 
मैले उस्लाइ घुरेर हेर्दै भने "धेरै रंग दलिस भने खान्छेस् पिटाइ।" 
उसले मेरो निधारमा रंगको टीका लगाइदिने बित्तिकै हत्तपत्त गालामा पनि रंग दलिदिई अनि भागी। मैले रिसाउदै उस्को पिछा गरें। अनि उसलाई पकडेर उसैको हातबाट रंग खोसी अनुहारमा दलिदिन खोजें। उस्ले टाउको घुमाएर तर्किन खोजी। मेरो हातको रंग उस्को सिउंदोमा पोतियो। उस्ले अनौठो नजरले मेरो अनुहारमा हेरि। मलाइ पनि अफ्ठ्यारो महसुस भयो। तर त्यो भाव मैले मेरो अनुहारमा झल्कन दिइन। मैले उल्टै रिसाए झैं गर्दै भनें "मैले भनेको हैन, टीका मात्र लगाइदे भनेर ?"
उस्ले केहीबेर पछि थोरै मुस्कुराउदै भनी "तैले झन् मलाइ सिन्दुर लगाइ दिस्।"
मैले उस्को कुरा सुनेर पनि नसुने झैं गरे। उस्ले फेरि हांस्दै भनी "अब मलाइ छोड्न पाउदैनस् तैंले कहिले।"
मैले झर्कदै भने "तँ को होस र मेरि ?"
उस्ले उस्तै जिस्किदै भनी "अहिले सिन्दुर लगाइ दिन्छ अनि फेरि सोध्छ, को होस भनेर...।"
मैले नजर झुकाएर रुखो स्वरमा भनें "तँ धेरै नजिस्की है, जा यहाँ बाट। बांदर्नी!"
उसले मलाइ हेरेर हाँस्दै सानो स्वरमा भनी "बाँदर्निको बुढो।" 
यति बोल्ने बित्तिकै उ उसका साथिहरु भए तिर कुदि। म भने त्यहिं उभिएर उस्लाइ हेर्दै मुस्कुराइ रहेँ......।

छोटो प्रेम कथा

हामी बिच एकदमै गहिरो प्रेम थियो। तर पनी हाम्रो बिबाह भने हुन सकेन। कारण यहि थियो कि, ऊ मेरि छिमेकिकी छोरी थिइ। अनि उसको परिवार मेरो भन्दा धनी पनि थियो।
उसको अन्तै बिबाह हुने टुंगो भयो। बिबाहको दुइदिन अघि घरमा मेरा बाआमा नभएको मौका पारेर ऊ मेरो घरमा नै आइ अनि रुन थाली। म उ संग बोल्न चाहिन। उसलाइ त्यहिं छोडेर म आफ्नो कोठा तिर पसेँ। उ रुँदै कोठामा नै आइ अनि माफी माग्न थाली। रुँदै माफी मागेपछी, मैले उसलाइ माफ गरिदिएँ...........।
उसको बिबाह भयो, उ पराइ भइ। मलाइ गाउँमा बस्नै मन लागेन। बालाइ भनेर पासपोर्ट बनाएँ अनि लागेँ अरबतिर।
तीन बर्षपछी गाउँ फर्किएँ। फर्किएको केहि दिनपछी संगिताका बा घरमा नै आएर भने "हौ केटा! फुर्सद छ भने एकछिन बिर्तामोड पुगेर आइज न। संगिता आउँछु भन्दै थि, म लिन जान नै नभ्याउने भएँ।"
मैले 'नाइ' भन्न सकिन। संगिताको बाको मोटरसाइकल लिएर गएँ बिर्तामोड तिर।
उसको घर नजिकै पुगेर मोटरसाइकल रोकेँ। उसको घरको अगाडि पटि किराना पसल थियो। मलाइ पनि चुरोट को तलतल लागि रहेको थियो। घर छिर्नु भन्दा पहिले पसलमा गएंं अनि चुरोट सल्काएँ। पसले दिदिले मेरो अनुहारमा हेरेर बोलिन् "बाबू यहिँ संगिता बहिनीकोमा आउनु भएको हो कि क्याहो?"
मैले हाँस्दै जवाफ दिएँ "हजुर हो त, कसरी थाहा पाउनु भयो?"
पसले दिदिले झट्टै बोलिहालिन् "मामा भान्जाको अनुहार काट्टीकुट्टी उस्तै रैछ त अनि चिनिहालिन्छ नि संगिताकै दाजुभाइ होला भनेर......।"
म झक्स्किएँ, तानी रहेको चुरोटको धुवाँ सर्किएर गिदि सम्म पुग्यो.......।